News

डाक्टरले अप्रेसन गर्नु पर्छ भनेपछि अस्पतालबाट भागेकी महिलाले बाटैमा बच्चा जन्माईनन

डाक्टरले अप्रेसन गर्नु पर्छ भनेपछि अस्पतालबाट भागेकी महिलाले बाटैमा बच्चा जन्माईनन

अस्पतालमा डाक्टरले अप्रेसन गर्नु पर्छ भनेपछि भागेकी बाजुराकी एक महिलाले बाटैमा बच्चा जन्माएकी छिन् ।

खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले यसरी बच्चा जन्माएकी हुन। घर फर्किने क्रममा बुढीगङ्गा नगरपालिका–१० को सडकमा पुगेकी हिड्दाहिड्दै बच्चाको टाउको बाहिर निस्के महिला छटपटाउन थालेकी थिईनन।

महिलालाई छट्पटाएको देखेपछि अनमी सिर्जना सार्कीले आवश्यक कुनै औजार विना नै बच्चालाई निस्कन सहयोग गरेकी थिईन। बाटैमा छोरीको जन्म भएपछि स्थानीय सेलापाठा स्वास्थ्य एकाइमा राखिएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको सार्कीले जानकारी दिईन।

बाजुरा घर भएकी उनी अछामको बयालपाटा अस्पताल पुगेकी थिईनन। चिकित्सकले शल्यक्रिया गर्नुपर्ने अवस्था बताएपछि डरले उनी त्यहाँबाट भागेकी हुन् । अस्पतालबाट भाग्दै गर्दा बुढीगङ्गा नगरपालिका–१०, बदेडाको बाउनेमाणुमा बच्चा जन्माएको जनाईएको छ।

बच्चा जन्माएको स्थानमा उनलाई स्याउलामाथि राखेर उपचार गरिएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा बच्चा जन्माउने अवधि १४ दिन नाघिसकेकाले तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने भनेका थिए।

उनको परिवारलाई त्यसबारे कुनै जानकारी गराइएको थिएन। भदौ ११ गते बयलपाटाबाट गाडी चढेर मालिका बजार पुगेकी सुनार त्यहाँबाट भने हिँडेरै घर जान लागेकी थिइन् ।

विशेष