News

सुन तस्करी प्रकरण अनुशन्धान गर्न सीआईबीको टोली हङकङ जाँदै

सुन तस्करी प्रकरण अनुशन्धान गर्न सीआईबीको टोली हङकङ जाँदै

सुन तस्करी प्रकरणको अनुशन्धान नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोली हङकङ जाने भएको छ।

साउन ३ गते बरामद भएको तस्करीको साढे ६० केजी सुनबारे अनुसन्धान गर्न टोली हङकङ जाने भएको हो। सीआईबीका एसएसपी दिनेश आचार्यलाई मंगलबार हङकङ पठाउन लागेको जनाईएको छ।

आचार्यले हङकङमा इन्टरपोलको समन्वय र स्थानीय प्रहरीको सहयोगमा सुन तस्करीको स्थानीय कनेक्सन खोज्ने भएका छन्। आचार्यले हङकङको प्रहरीको पनि सहयोग लिएर सुन तस्करीको अनुसन्धानलाई अघि बढाउने भएका छन्।

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियोे। सुरूमा विभागले गरेको अनुसन्धान सरकारको निर्णयमा अहिले सीआईबीले अघि बढाइरहेको छ।

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुग्दै गर्दा सीआईबीका अधिकारीलाई हङकङ पठाउन लागिएको हो। 
 

विशेष