प्रचण्डलाई गगनको चेतावनीः वहुमतको घमण्ड नराख्नोस, सांसद तालि बजाउन मात्रै आएका होईनन
कांग्रेसका महामन्त्री गगन थापाले ‘म सँग वहुमत छ, सांसदले तालि बजाउँछन्’ भन्ने घमण्ड नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बोल्दै नेता थापाले यसरी चेतावनी दिएका हुन। उनले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै चेतावनी दिएका हुन।
‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन’ उनले भने–‘यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’
उनले संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको टिप्पणी गरे ।
‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन’ थापाले थपे–‘कानून मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नोस, यसलाई बिसाउनुस् ।’