News

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ, कृष्णबहादुर पक्राउ पर्लान ?

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ, कृष्णबहादुर पक्राउ पर्लान ?

सुन तस्करी प्रकरणमा कृष्णवहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। केही समय अगाडि भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक–पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।

तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।  अनुशन्धान प्रतिवेदनमा प्रहरीले महरा बाबुछोरालाई तस्करीका योजनाकार भनेर उल्लेख गरेका छ। तर, उनीहरुसँग बयान समेत लिएको थिएन।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पनि प्रहरीलाई उनीहरुको विषयमा थप अनुशन्धान गर्न निर्देशन दिएको थियो। सोही क्रममा साहुल पक्राउ परेका हुन। 
 

विशेष