सरकारले ठुला ब्यवसायी सिद्याउने नीति लियोः सांसद सुनिल शर्मा
कांग्रेस सांसद सुनील शर्माले ललिता निवास प्रकरणमा राज्य नै लागेर ब्यवसायी मीनबहादुर गुरुङलाई सिदयाउन खोजेको आरोप लगाएका छन्।
काठमाण्डौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उनले उनले अहिलेको सरकार व्यवसायीको हितमा नभएको बताए । व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै उनले ठूला व्यवसायीलाई सरकारले सिद्याउने नीति लिएको आरोप लगाए।
५० हजारलाई रोजगारी दिइरहेका मीनबहादुरलाई अहिले हतकडी लगाएर राखेको भन्दै उनले गल्ती नगर्दा पनि सरकारले नियतवश दुःख दिईरहेको वताए। मीनबहादुरलाई मात्र नभएर ठूला व्यवसायीलाई वर्तमान सरकारले हतकडी लगाउने नीति लिएको उनको दाबी छ ।