News

नेक्सन इभीमा गम्भिर समस्याः घामपानीमा आफु जोगिने भन्दा पनि गाडी बिग्रने डर

टिकटक, हाम्रो बजार, मार्केट प्लेस लगायतका सामाजिक साईटहरुमा छ्यासछ्यास्ती विज्ञापन

नेक्सन इभीमा गम्भिर समस्याः घामपानीमा आफु जोगिने भन्दा पनि गाडी बिग्रने डर

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नेक्सन कारको बिक्री वितरण गर्न थालेको लामो समय भइसकेको छ। सडकमा यो गाडीको उपस्थिती पनि बाक्लो छ। तर, यसका उपभोक्तामा भने सन्तुष्टी भन्दा पनि पछुतो धेरै छ। 

खासगरी ‘नेक्सन इभी’ का उपभोक्ता ब्याट्रीका कारण बढि असन्तुष्ट देखिएका छन्। उनीहरुका अनुसार यो गाडीको ब्याट्री ड्यामेज हुने खतरा धेरै छ। अरु वेला वेसै भएपनि वर्षातको समयमा ब्याट्रीले धेरै तनाव दिने गरेको उनीहरु वताउँछन्।

आधि घण्टा मात्रै पानीमा हिड्यो वा डुब्यो भने ब्याट्री ड्यामेज हुने सम्भावना ९० प्रतिशत हुने गरेको जानकारहरु वताउँछन्। ब्याट्रीका कारण चाँडै पछुताउनु परेको उनीहरुले गुनासो गरे। चार्ज हुन पनि समय लाग्ने र जुनसुकै वेला ब्याट्री ड्यामेज हुने समस्याले रात–विरात लामो यात्रा गर्नु जोखिमपूर्ण हुने उनीहरु वताउँछन्।

पफर्मेन्स एन्जाईटी (गन्तब्यमा पुग्ने/नपुग्ने चिन्ता) ले गर्दा प्रेसर फिल गरेर यो गाडी सेकेन्ड ह्याण्डमा वेच्न खोज्नेको संख्या अहिले धेरै छ। टिकटक, हाम्रो बजार, मार्केट प्लेस लगायतका सामाजिक साईटहरुमा गाडी विक्रिका लागि राखिएका प्रचार सामग्रीले पनि उनीहरुको गुनासोलाई पुष्टी गर्न मद्दत गरिरहेको छ।

र, गाडीको गुणस्तरका विषयमा उपभोक्ताले पनि सार्वजनिक रुपमा गुनासो गर्दैनन्। ‘समस्या छ भनेर जानेपछि हाम्रो गाडी कस्ले किन्छ’ एक उपभोक्ता भन्छन्–‘राम्रो छ भन्दाभन्दै सल्टाएर आफनो पूजी उकास्ने हो। २÷४ रुपैयाँको कुरा होईन नी, आफु समस्यामा परेर अरुको भलाई सोच्ने।’

उपभोक्ताको यो डरको फाईदा सिप्रदीले उठाई रहेको छ। गाडीमा भएका समस्या लुकाएर विक्री गर्ने अनि पछि त्यसको जवाफदेहीता नलिने समस्या देखिएको जानकारहरु वताउँछन्।

यो पनि,

नीति निर्माण तहमा सिप्रदीको हस्तक्षेप, मन्त्री किनेर करका दर हेरफेर

सिप्रदीको सर्भिस सेन्टरमा नै पड्कियो एक्साईडको ब्याट्री, यसरी बाँचे ईन्जिनियर

सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड नेक्सन इभी

विशेष