News

विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले किन मागे एकै पटक सरुवा

विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले किन मागे एकै पटक सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३५ अधिकृतसहित १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन्। मंगलबार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् ।

‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ भन्दै उनिहरुले सरुवा मागेका हुन। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा मागेको पुष्टि गरे ।

विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको उनिहरुको निवेदनमा उल्लेख गरिएको छ । ‘घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुईमत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, निवेदनमा भनिएको छ ।

विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरुले उल्लेख गरेका छन् । 

यी हुन सरुवा माग्ने कर्मचारी

विशेष