जेलमा शशांकको एक घण्टाः किन वडढ्दैछ खाणले भेट्ने नेताको संख्या
नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला र नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबीच भेटघाट भएको छ।
कोईरालाले खाणलाई केन्द्रीय कारागार सुन्धारामा पुगेर बुधबार भेटेका हुन्। करिव सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले एक घण्टासम्म भलाकुशारी गरेका थिए। नक्कली शरणार्थी प्रकरणमा जेल पर्नुअघि खाण कांग्रेसमा शक्तिशाली नेतामध्ये एक थिए।
संस्थापन पक्षमा रहेका खाण अचानक जेल जानुपरेपछि उनलाई भेट्न दैनिकजसो नेताहरु पुग्ने गरेका छन्। उनलाई भेट्न धेरै जति गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी पुग्ने गरेका छन्।
त्यस्तै कांग्रेस नेता महेन्द्र यादव, शेखर कोईराला, परराष्ट्र मन्त्री एनपी साउद लगायतेले जेलमा पुगेर खाँणसँग भेट गरेका छन्। खाणसहित नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरुले रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
यसअघि सबै अभियुक्तहरुको फाइल एकैठाउँ राखेर पेस गर्न अदालतले भनिसकेको छ। दुई नेताबीचको कुराकानीबारे केही खुलेको छैन।
उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाएको थियो। अब ती सबै प्रतिवेदनलाई एकै ठाउँ राखेर मुद्दाको सुनुवाइ अघि बढ्दैछ।