एमाले चिरापर्ने प्रचण्डको संकेत, सोही मौकामा माओवादी मजबुत वनाउने योजना
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेभित्र फुट्ने संकेत गरेका छन्। उननले एमालेमा ठुलो चिरा पर्ने संकेत देखिएको जानकारी दिए।
बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले भने–‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु। हामी त्यसपछि सँगै हुन पनि सकिन्छ ।’
उनले जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्ने बताए।
दाहालले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको र यो नरोकिने दावी पनि गरे। भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाई सहि नभएको उनको दाबी छ। माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आएपनि नछोड्न भनिएको उनले बताए ।
प्रधानमन्त्रीले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएको बताए ।