News मनोरञ्जन कला साहित्य

भारतीय अभिनेत्री दिव्या दत्ता काठमाडौं, यस्तो छ नेपाल आउने कारण

भारतीय अभिनेत्री दिव्या दत्ता काठमाडौं, यस्तो छ नेपाल आउने कारण

भारतीय अभिनेत्री दिव्या दत्ता साहित्य महोत्सवमा सहभागि हुन काठमाडौं आएकी छन् । भदौ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा सहभागी हुन उनी आज काठमाडौँ आइपुगेकी हुन् ।

दक्षिण एसियाका नेपाललगायत भारत, भुटान, बंगलादेश र श्रीलंकासमेतका लेखक तथा कलाकारहरु भेला हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुुन लागेको हो ।

यसरमा ५७ वटा सेसन छन्। महोत्सवको पहिलो दिनको पहिलो सेसनमा डा. विवेक डेब्रोय, जगमान गुरुंग, प्रो. अवधेष प्रधान र प्रो. बिना पौडेलले ‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’ शीर्षकमा छलफल गर्नेछन् ।

पहिलो दिन नै यस महोत्सवकी मुख्य आकर्षण बलिउड अभिनेत्री तथा लेखिका दिव्या दत्ताले आफ्नो सिनेमा यात्राबारे प्रस्तुति दिने भएकी छन् । यसैगरी, बलिउड तथा नेपाली सिनेमा क्षेत्रमा काम गरेकी अभिनेत्री मनिषा कोइराला दोस्रो दिनको मुख्य आकर्षण रहनेछिन् । यी दुई अभिनेत्री एउटै मञ्चमा समेत देखिने बताइएको छ ।

अभिनेत्रीद्वय दिव्या र मनिषाले दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे अन्तक्र्रिया गर्ने कार्यक्रम छ । दोस्रो दिन हरहर शम्भो गीतकी ट्रेन्डिंग गायिका अभीलिप्सा पान्डाले आफ्नो प्रस्तुतिमार्फत् दर्शकलाई मनोरञ्जन गराउने छिन् ।

कार्यक्रममा ललितपुरका मेयर चिरिवावु महर्जन र रेणु दाहालसँग हुने ‘अबको कस्तो नगर ?’ शीर्षक बहस हुने जनाईएको छ। 
 

विशेष