भारतीय दुतावासले अनुदानमा दिएको एम्बुलेन्स कब्जा गरेर रविको मोवाईल क्लिनिक
चितवन कलेज अफ मेडिकल साईन्सेसको एम्वुलेन्स कसरी पुग्यो रविको हातमा ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफु निर्वाचित भएको चितवन क्षेत्र नम्बर २ मा ‘मोबाइल क्लिनिक’ सुरु गरेका छन्।
६५ वर्षभन्दा माथिका मानिसलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरिएको मोबाइल क्लिनिक मार्फत हरेक दिन नयाँ–नयाँ टोल पुगेर प्राथमिक उपचार दिइने बताइएको छ।
रविले तामझामका साथ चलाउन लागेको मोबाइल क्लिनिकको सावारी साधन भने चितवन कलेज अफ मेडिकल साइसेन्सबाट कब्जा गरेको खुलेको छ।
भारतीय दूतावासले ०७१ सालमा चितवन कलेज अफ मेडिकल साईन्सेसलाई अनुदानमा दिएको सोही गाडीलाई निलो रंगले लिपपोत गरेर नयाँ स्वरुप दिइएको स्रोतले वतायो।
हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको भारतले यो गाडी पनि उक्त कलेजलाई अनुदानमा दिएको थियो। ना २ च ५६१९ नम्बरको यो गाडी कसरी रविको हातमा पुग्यो भन्ने अहिलेसम्म सार्वजनिक भएको छ।
रवि लामिछाने