News

राहुललाई पक्राउ गर्न प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीलाई समेट गलत सूचना दियो

प्रमाण पुग्दैन भन्दाभन्दै यसरी पक्राउ परे राहुल महरा

राहुललाई पक्राउ गर्न प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीलाई समेट गलत सूचना दियो

हत्या, बलात्कार, अपहरणलगायतका जस्तासुकै अपराध गरेपनि दलका नेताहरुले परिवारका सदस्य र आसेपासेलाई चलाउनै नदिने परम्पराको विकास भएपछि यस पटक प्रहरीले प्रधानमन्त्री र गृहमन्त्री समेतलाई थाङ्नामा सुताएर राहुल महरालाई पक्राउ गरेको छ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)ले बुधवार पक्राउ गरेको हो। विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गर्ने समुहको योजनाकारका रुपमा उनी पक्राउ परेका हुन।

सुन तस्करीमा महरा बाबुछोराको संलग्नताका विषयमा पोख्त प्रमाण हुँदाहुँदै पनि बुधबार दिउँसोसम्मका प्रहरीका अभिब्यक्तिले राहुल पक्राउ पर्ने कुरामा धेरैलाई आशंका थियो। अनुशन्धान गर्ने निकायले नै ‘मुद्दा चलाउन पर्याप्त प्रमाण छैन’ भन्दै सार्वजनिक अभिब्यक्ति दिन थालेपछि प्रधानमन्त्री र गृहमन्त्रीले नै उनीहरुलाई जोगाएको रुपमा सवैले वुझे।

तर, कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिएको अभियोग–पत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता भएपछि भने यो प्रकरण माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्मको टाउको दुखाईको विषय बन्यो।

असार २७ गते दुवै जनाविरुद्ध अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा अभियोग पत्र दर्ता भएको छ। यो अवस्थासम्म प्रहरीले उनीहरुको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसम्मलाई जानकारी नदिएको मात्र होईन, झुटो बोलेर भ्रममा राखेको पाईएको छ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले प्रहरी नेतृत्वसँग महरा द्वयका विषयमा पटक–पटक व्रिफिङ लिएका थिए। आइजीपी वसन्तबहादुर कुँवर र सीआईबी निर्देशक किरण बज्राचार्यले तत्कालको अवस्थामा दुवैको संलग्नता पुष्टि हुने आधार नभएको बताईरहे।

तर, प्रमुख विपक्षी दल नेकपा एमालेको निरन्तर दुई महिनाको संसद् अवरोधका कारण उच्चस्तरीय छानविन समिति गठन गर्ने सहमति तथा आफना नेता बालकृष्ण खाँण पक्राउ पर्दा महरा प्रकरणमा छानविन समेत नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको असन्तुष्टिका कारण प्रहरी दबाबमा पर्यो।

देउवाले समाजवादी मोर्चाको बैठकमा आफ्ना नेता खाँण पक्राउ पर्ने तर महराको नाम किटान हुँदा पनि अनुसन्धान नगर्ने भन्दै गृहमन्त्रीलाई नै हप्काएका थिए। यो प्रकरणपछि पनि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले आईजीपी कुँवर र एआईजी बज्राचार्यसहितलाई बोलाएर ब्रिफिङ लिएको पाईएको छ।

यति हुँदा पनि प्रहरीले दाहाल र श्रेष्ठलाई ‘मुद्दा चलाउने खालको प्रमाण नभएको’ जवाफ दियो। अन्ततः प्रहरीले राहुललाई पक्राउ गरेरै छोड्यो। स्रोतका अनुसार, प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि राहुल आफै महाराजगञ्जस्थित सीआईबी कार्यालय जाँदै थिए। तर, उनी बाटैमा प्रहरी टोलीको नियन्त्रणमा परे। 

सुन तस्करी राहुल महरा

विशेष