News

सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले दुवई भागे सुनिल शर्मा ?

सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले दुवई भागे सुनिल शर्मा ?

सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले सांसद सुनिल शर्मा फरार भएको हल्ला चलेको छ। स्रोतका अनुसार शर्मा विहिवार विहानको फ्लाईटबाट दुवई भागेका छन्।

उनी विहान ८ः५० बजे फ्लाई दुबईको विमान मार्फत फरार भएको जनाईएको छ। सुन तस्करी प्रकरणमा माओवादी नेता वर्षमान पुनको नाम जोडिन थालेपछि उनी फरार भएको स्रोतको दावी छ। शर्मा र पुन ब्यवसायीक पार्टनर हुन।

बिराटनगरको नबोल मेडिकल कलेज स्थापना कालदेखि नै शर्मा र पुनका विचमा घनिष्ट सम्वन्ध छ। नोवेलका ब्यवसायीक पार्टनरहरुलाई वर्षमानकै निर्देशनमा वाईसिएलका कार्यकर्ताले अपहरण गरी यातना दिएका थिए। त्यसपछि उनीहरु निस्किएको र शर्माले नोवेल एकलौटी बनाएका थिए।

शर्माले पुनकै पैसा मेडिकल क्षेत्रमा लगानी गरेको चर्चा हुने गरेको छ। पछिल्लो समय सुन तस्करी प्रकरणमा तिब्बतियनमुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि वर्षमानको पनि नाम जोडिएको छ। पुनको नाम वाहिर आउने वित्तिकै शर्मा अत्तालिएका छन्।

केही दिनअघि वर्षमानकै डिजाईनमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीकोे राजिनामा माग गरेका थिए। संसदमै आमरण अनसन वस्ने धम्की दिएका शर्माले सुन तस्करी प्रकरणको अनुशन्धानलाई प्रभावित वनाउन दुई मन्त्रीको राजिनामा माग गरेको आरोप लागेको थियो।

अनुशन्धान गर्दै जाँदा पुनसहित माओवादीका नेताहरुको नाम भटाभट खुल्न थालेपछि शर्मा फरार भएको स्रोत वताउँछ। विहिवार मात्रै उनी ओशो तपोवन पुगेको चर्चा चलेको थियो। ओशो तपोवनका कर्मचारीहरुले भने ब्यक्तिगत जानकारी दिन नमिल्ने भन्दै उनी त्यहाँ भए÷नभएको समेत जानकारी दिन अस्विकार गरेको छ। 

विशेष