News

रवि लामिछानेको ‘ब्लु बस’ विवादमा, जसले किच्यो महिला, उही बिक्यो पहिला

महिलाका लागि बस सञ्चालनपछि आलोचनाः जसले रुवायो जेठी, उसकै नाटक यति

रवि लामिछानेको ‘ब्लु बस’ विवादमा, जसले किच्यो महिला, उही बिक्यो पहिला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुलाई लिक्षित गरी बुधबारबाट सञ्चालनमा ल्याएको ‘ब्लु बस’ विवादमा परेको छ।

पार्टीको झण्डामा प्रयोग भएको रंग निलो भएकाले उस्तै रंगमा उनले ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् । बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालन हुनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने बताइएको छ ।

उक्त बसले ०७५ जेठमा एक महिलालाई नै ठक्कर दिएर मारेको थियो। चितवनको इच्छाकामना गाउँपालिका–७, सिमलढापमा पैदलयात्री ७० वर्षीया धनमाया गुरुङलाई बसले ठक्कर दिएको थियो।

भरतपुरबाट मग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको उक्त बसको ठक्करबाट गुरुङको मृत्यु भएको थियो। अहिले सोही वस महिलाहरुका लागि निशुल्क सञ्चालनमा ल्याएपछि बस र लामिछाने दुवैको आलोचना भईरहेको छ।

सामाजिक सञ्जालमा चर्चित ब्यक्ति मुकुन्द घिमिरेले फेसबुकमा लेखेका छन्–‘जसले किच्यो महिला, उही बिक्यो पहिला। जसले रुवायो जेठी, उसकै नाटक यति।’

विशेष