News

केदारनाथ यात्रामा गएका १३ जना नेपाली उत्तराखण्डको पहिरोमा परेर बेपत्ता

केदारनाथ यात्रामा गएका १३ जना नेपाली उत्तराखण्डको पहिरोमा परेर बेपत्ता

भारतको उत्तराखण्ड राज्यमा पहिरोमा परी कम्तीमा १३ जना नेपालीसहित डेढ दर्जन नागरिक वेपत्ता भएका छने। स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक पहिरो गएको र ठुलो संख्यामा नेपाली नागरिक पनि बेपत्ता भएको जनाएको छ।

घटनामा ४ जनाको शव बरामद भएको र बाँकी १५ जना बेपत्ता रहेको भारतीय सञ्चार माद्यमले जनाएका छन्। स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाइएको छ । सो अनलाइनमा बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ ।

यसैबीच गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले ‘हिलवाणी’ न्युज पोर्टलको समाचारलाई उधृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।

‘भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ । 

विशेष