News कर्पोरेट

सिप्रदीको सर्भिस सेन्टरमा नै पड्कियो एक्साईडको ब्याट्री, यसरी बाँचे ईन्जिनियर

सिप्रदीको सर्भिस सेन्टरमा नै पड्कियो एक्साईडको ब्याट्री, यसरी बाँचे ईन्जिनियर

गत असार ३ गते सिप्रदी ट्रेडिङ प्रालिको सोल्टिमोड सर्भिस सेन्टरमा इन्भर्टरमा प्रयोग गरिएको ब्याट्री विस्फोट भयो।

एक्साईड कम्पनीको ब्याट्री पड्किदा त्यहाँ रहेका इन्जिनियर र अन्य कामदार धुलो मैलो भए। लगाएको कपडा कालै भयो। ब्याट्री पड्किएको आवाज र त्यसले गरेको क्षतीका कारण उनीहरु त्रसित थिए।

केही समय सर्भिस सेन्टरमा सन्नाटा छायो। करिव आधि घण्टा विद्युत सप्लाई वन्द भएपछि अर्को ब्याट्री फेरेर विद्युत सञ्चालन गरियो। नेपालका लागि एक्साईड ब्याट्रीको आधिकारीक विक्रेता सिप्रदी टेडिङले आफना अधिकांश गाडीमा यही ब्याट्री प्रयोग गर्ने गरेको छ। सिप्रदी टाटा मोटर्सको पनि अधिकृत बिक्रेता हो।

सिप्रदीले एक्साइड ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री भएको दावी गर्छ। यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँने दावी सिप्रदीले गर्ने गरेको छ। 

यतिमात्रै होईन, डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेसनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने उनको दावी छ। तर, यसरी सामान्य अवस्थामै ब्याट्री पड्किन थालेपछि ग्राहकले भने उसको दावी पत्याउन छोडेका छन्।

ब्याट्री पड्किदा उपस्थित ग्राहकले पनि एक्साईडको ब्याट्रीमा भरोसा गर्न नसकिने वताए। 

सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड एक्साईड

विशेष