दोलखामा पहिरोले ३ घर बगाउँदा ३ जना बेपत्ता, ३ जना घाइते

दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् भने ३ जनालाई घाइते अवस्थामा उद्वार गरिएको छ ।
गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा भएको यो घट्नामा बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनको भनाई छ।
यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए ।
दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।