News

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति प्रकरणले प्रचण्ड र सुदन किराँती बीच टसल

दुवैले अघि सारे विवादित ब्यक्ति, विवादमा नपरेकालाई नियुक्त गर्न बौद्ध धर्मावलम्बीको माग

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति प्रकरणले प्रचण्ड र सुदन किराँती बीच टसल

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पर्यटन मन्त्री सुनदर किराँती विच टसल परेको छ। प्रधानमन्त्री दाहालले विवादित पृष्ठभूमिका ल्यारकाल लामा र पर्यटन मन्त्री किरातीले तिब्बतियन नागरिक आनी छोईङ डोल्मालाई आगाडि सारेपछि उनीहरुको टसल सुरु भएको हो।

साउन दोस्रो हप्तादेखि खाली रहेको कोषको उपाध्यक्षका लागि आधा दर्जन दौडमा छन्। तर, लामा र डोल्मामध्ये एकले नियुक्ति पाउने सम्भावना बलियो छ। तर, दुवै विवादित छन्। लुम्बिनी विकास कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृति, पर्यट तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ।

परिषद्को उपाध्यक्ष सरकारले मनोनीत गरेको व्यक्ति रहन्छ। सरकारका ४ सचिव, बौंद्ध संस्था लगायत विशेषज्ञबाट ४ जना, अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि ४ जना, सरकारले मनोनित गरेको व्यक्ति कोषाध्यक्ष र सदस्य सचिव रहने व्यवस्था छ।

यसैविचमा प्रधानमन्त्री दाहालले पर्यटन मन्त्री किरातीलाई ल्यारकाललाई उपाध्यक्ष बनाउने गरी प्रस्ताव ल्याउन निर्देशन दिएको जनाईएको छ। 

मन्त्री किराती भने गायिकासमेत रहेकी आनी छोइङलाई उपाध्यक्ष बनाउनुपर्ने लाइनमा छन्। उनले यही असार १९ गते आनीसँग भेट गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। 

आनी छोइङ डोल्मा काठमाडौंको बौद्धमा १९७१ मा जन्मिए पनि तिब्बती शरणार्थी हुन। उनले आफनो पुस्तकमा समेत यो कुरा लेखेकी छिन् भने धरै अन्तरवार्ताहरुमा वताएकी छिन्। यद्यपी उनले वंशजको नागरिकक्ता लिएकी छिन। उक्त नागरिक्ता किर्ते गरेको आरोप छ।

त्यसबाहेक दुई कार्यकाल उपाध्यक्ष रहेका भिक्षु मैत्तेय (अवधेशकुमार त्रिपाठी) ले पनि पुनः नियुक्ति चाहेका छन्। भान्ते समाङ्गलो पनि उपाध्यक्षको दौडमा छन्। 

यसरी दुवैतर्फबाट विवादित ब्यक्ति अघि सारिएपछि बौद्ध धर्मावलम्बीहरूले भने फौजदारी मुद्दा र विवादमा नपरेकालाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उपाध्यक्ष वन्ने दौडमा सुमंगलम भिक्षु (रमेश बानीया) लगायतका अहिलेसम्म विवादमा नपरेका ब्यक्ति समेत भएकाले उनीहरु मध्येबाट नियुक्ति गर्नु पर्ने आवाज उठिरहेको छ।

लुम्बिनी विकास कोष उपाध्यक्ष

विशेष