News

सुन तस्करी प्रकरण अव सीआईबीले अनुशन्धान गर्ने, प्रधानमन्त्रीको निर्देशन

सुन तस्करी प्रकरण अव सीआईबीले अनुशन्धान गर्ने, प्रधानमन्त्रीको निर्देशन

क्विन्टल सुन तस्करीको अनुसन्धान अव प्रहरीले गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरण प्रहरीमार्फत अनुसन्धान गर्न निर्देशन दिएका छन् । सुन संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी अनुशन्धान गर्नु पर्ने दाहालले वताएका छन्।

हाल यो प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुशन्धान गरिरहेको छ भने नेपाल प्रहरीलाई वाहिरी घेरामा मात्रै राखिएको छ। विभागले अनुशन्धानका क्रममा तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ।

साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बिहीबार साँझ सिंहदरबारमा वसेको संवैधानिक परिषद्को वैठकपछि प्रधानमन्त्री दाहालले सुन प्रकरणमा भइरहेको अनुसन्धान, यसका उपलब्धि र थप अनुसन्धानका विषयबारे समीक्षा गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई छलफलमा राखेका थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले सुन तस्करी संगठित अपराध भएकोले त्यसको अनुसन्धान प्रहरीमार्फत हुँदा प्रभावकारी र अपराधको मूलसम्म पुग्न सकिने बताएका थिए । त्यसपछि महान्यायाधिवक्ता पोखरेलले विभागबाट भइरहेको अनुसन्धान एउटा तहमा पुगेको र त्यसलाई अझ बलियो र संगठित गिरोहसम्म पुग्न संगठित अपराधका दफा लगाएर अघि बढ्नु सुझाव दिएका थिए ।

प्रहरी महानिरीक्षक कुँबरले पनि सुन तस्करी मात्र नभएको यो संगठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतंकवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत् अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने धारणा राखेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले अनुसन्धानमा ज–जसको संलग्नता खुल्छ, कारबाहीको दायरामा ल्याउन र कुनै कसर बाँकी नराख्न निर्देशन दिएको स्रोतले बतायो ।

सीआईबी सुन तस्करी

विशेष