माओवादीले छानविन गर्छ नेताहरुको सम्पत्ति ?, यस्तो आयो प्रश्ताव

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफु माथि लागेको अनियमितताको आरोपको खण्डन गर्दै पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन्।
केन्द्रीय समिति बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा शर्माले पार्टी नेताहरुका सम्पत्ति छानबिन गर्नु पर्ने वताएका हुन। आफूले कुनै गल्ती नगर्दा पनि प्रश्न उठेपछि मार्गप्रशस्त गरेको उल्लेख गर्दै सवै नेताको सम्पत्ति छानविन गरे आफु तयार रहेको वताए।
‘छानबिन गरौं कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैंक ब्यालेन्स कति छ ? म तयार छु’ उनले भने–‘कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्गप्रशस्त गर्ने मै हुँ। तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो ? सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक तोक लगाउँदा अपराध गरेको भनेर दुष्प्रचार गरियो।’
आफुले ०४७ साल यता संसदको रोस्ट्रमबाटै नेताहरुको सम्पत्ति छानबिन गरौं भन्दै आएको पनि उनले स्मरण गराए।