News

३ महिने गर्भवतीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तनाव

३ महिने गर्भवतीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तनाव

चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा ३ महिने गर्भवती महिलाको मृत्यु भएपछि तनाव भएको छ । भरतपुर महानगरपालिका– २६ की ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

रक्तश्राव भएर अस्पताल भर्ना भएकी नविनाको उपचारमा लापरबाही भएको उनका आफन्तले आरोप लगाएका छन्। अस्पतालले नविनाको शुक्रबार दिउँसो अपरेशन गरिएको जनाएको छ।

घट्नापछि आफन्तले अस्पताल घेराउ गरेका छन् । अस्पतालको गेटमा चाबी लगाइएको छ। अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।

मृतकका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको आरोप लगाए। अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको उनको आरोप छ।
 

विशेष