News बैंकिङ

एनआईसीले ऋण असुल्न भित्र्यायो भारतीय भाडाका गुण्डा

बैंक होकी कसाहीः ग्राहकलाई अपमान गर्न थालेपछि आलोचना

एनआईसीले ऋण असुल्न भित्र्यायो भारतीय भाडाका गुण्डा

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा भजाएर आत्मियता देखाउँदै एनआईसी एसिया बैंकले दुःख दिएको र ठगी गरेको घट्ना पटक–पटक सार्वजनिक हुँदै आएका छन्। 

एउटा कम्पनीको नाममा रहेको चेक अर्कै कम्पनीको खातामा जम्मा गरिदिने, खातामा भएको पैसा वेपत्ता पारिदिने, जग्गा धनीलाई थाहै नदिई किर्ते कागजात वनाएर ऋण निकालेर खाने लगायतका काम यो बैंकले गर्दै आएको छ।

पछिल्लो समय भने यो बैंकले ऋणीलाई टार्गेटमा राखेर गुण्डा शैली अनुसरण गर्न थालेको छ। ०७९ चैतामा दमक नगरपालिका–५ का दुर्गाप्रसाद कंडेलले समयमा किस्ता नतिरेको भन्दै घरमा सुरक्षा गार्ड नै खटादिएको थियो ।

दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यसरी मनोबैज्ञानिक दबाब तथा सामाजिक प्रतिष्ठा नै लिलाम गर्ने बैंकको यो कार्यको ब्यापक आलोचना भएको थियो।

कोरोनाका कारण कँडेलले ३ महिनादेखि बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन्। त्यसको फाईदा उठाउँदै बैंकका कर्मचारीले ‘खाएपछि समयमा तिर्नु पर्दैन ?’ भन्दै अपमानित समेत गरेका थिए। ऋण नतिरेको भन्दै घरमा गार्ड नै राखिदिएपछि त्यो भन्दा ठुलो अपमान के नै होला र ?

त्यतिमात्रै होईन, अहिले त एनआईसीले ऋण असुल गर्न भारतीय गुण्डा नै भित्र्याएको कतिपय कर्मचारीहरु वताउँछन्। खास गरी मेडिकल ब्यवसायी दुर्गा प्रसाईको बैंक तथा वित्तिय संस्था विरोधि अभियानका कारण कर्मचारी आक्रमणमा पर्न थालेपछि भारतीय गुण्डा ल्याएर ऋण असुली सुरु भएको उनीहरुको भनाई छ।

त्यही गुण्डाको टीमले बैंकको म्यानेजमेन्ट पाटो हेर्ने गरेको छ। उनीहरुले फकाउने, घुर्क्याउने, धम्क्याउने र हुलहुज्जत समेत गर्ने गरेको कर्मचारीहर वताउँछन्। हात्तीका ‘देखाउने र चपाउने दुई थरी दाँत’ भए जस्तै एनआईसीका पनि दुई खालका ब्यवहार छन्।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै छवि राम्रो देखाउने तर ब्यवहारमा निर्मम हुने गरेको स्रोत वताउँछ। उच्च म्यानेजमेन्टका सदस्यहरु भने बैंकको काम भन्दा पनि रासलीलामा मस्त हुने गरेको आरोप लाग्ने गरेको छ। 

माडवारीहरुद्वारा सञ्चालित यो वैंकको ब्यवस्थापन पक्ष भने नेता ब्यवस्थापनमा सिमित छ। उनीहरुले विदेशी गुप्चरहरुको फुर्ति लगाएर राजनीतिमा आफनो पकड बनाउने गरेको स्रोतको दावी छ।

एनआईसी

विशेष