News

भारतमा कार दुर्घटना हुँदा दुई परिवारका ६ जनाको मृत्यु

भारतमा कार दुर्घटना हुँदा दुई परिवारका ६ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ।

शनिवार भएको दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका दुई ब्यापारी परिवारको मृत्यु भएको हो। त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ।

यसैगरी, गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए। भारतीय सञ्चारमाध्यमका अनुसार कार रुखमा ठोक्किएर दुर्घटना भएको हो।

नेपालगन्ज फर्किदै गर्द उक्त कार उक्त दुर्घटना भएको हो। कारका चालक घाइते छन्।
 

विशेष