काठमाडौंमै पहिरोले घर पु-यो, बाबु–छोरीको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर चो गाउँमा पहिरो गएको थियो।
पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको छ। नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।