रवि लामिछानेले कब्जा गरेको एम्बुलेन्स मेडिकल कलेजलाई फिर्ता, बस पनि विवादमा
रास्वपाका सभापति रवि लामिछानेले कब्जा गरेको पुरानो मेडिकल कलेज भरतपुरको एम्बुलेन्स फिर्ता भएको छ। चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो उनले मेडिकल कलेजको एम्बुलेन्स कब्जा गरी ‘मोबाइल क्लिनिक’ सन्चालन गरेका थिए।
६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर सञ्चालनमा ल्याईएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स अनुमति नलिई रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवाद भएको थियो।
मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि लामिछानेले पुरानो मेडिकल कलेजबाटै लिएका थिए। विवाद पछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको हो। अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।
भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याईएको थियो।
सेतो रंगको निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको स्रोतले बताएको छ । रास्वपाले महिलाहरुका लागि निःशुल्क सन्चालनमा ल्याएको बस पनि अनुमति नलिई निलो रंगमा परिवर्तन गरेको पाइएको छ।
रवि लामिछाने