News

प्रचण्ड रणनीति: जनार्दन–वर्षमान लडाउने, नेतृत्वमा छोरी अघि वढाउने

प्रचण्डको तयारीः रेनु र गंगा मध्ये एक उत्तराधिकारी

प्रचण्ड रणनीति: जनार्दन–वर्षमान लडाउने, नेतृत्वमा छोरी अघि वढाउने

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तोक्नु पर्ने कुरा जोडतोडले उठ्यो। उपमहासचिव जनार्दन शर्माले नै यो प्रश्ताव अगाडि ल्याए। अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा उनको जोड थियो।

‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ’, उनले भने। उनले उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताए।

तर अध्यक्ष दाहालले भने यस विषय सोच बनाएको देखिदैन। उनको योजना भनेको दोस्रो पुस्ताका नेताहरु जनार्दन शर्मा, वर्षमान पुन, शक्ति वस्नेत लगायतलाई आपसमा लडाएर आफु अनुकुल वातावरण सृजना गर्नु हो। यसअघि महासचिव नियुक्त गर्ने समयमा पनि उनले यही सुत्र प्रयोग गरे। जनार्दन र वर्षमानको प्रतिस्र्धालाई देखाउएर देव गुरुङलाई महासचिव वनाए।

अहिले पनि दाहालले नेत्रविक्रम चन्द ‘विप्लब’ लाई महासचिव वनाउने रणनीति तयार गरेपछि जनार्दन र वर्षमान दुवै सशंकित भएका छन्। यो प्रकरणपछि दुवै जनाको सम्वन्ध सुध्रिएको छ। तर अध्यक्ष दाहाल जनार्दन, वर्षमान र शक्तिजस्ता नेतालाई उत्तराधिकारी बनाउन तयार देखिएका छैनन्।

दाहालले आफूहरूलाई उत्तराधिकारी नबनाउने कुरामा वर्षमान, जनार्दन, शक्तिलगायतका दोस्रो तहका नेताहरू जानकार छन् । जसकारण उनीहरू अहिले एकैठाउँ छन् । त्यसैले अव उनीहरूले पार्टीभित्र वा बाहिर कुनै पनि खाले कदम चाल्नसक्ने आकलन सुरू भएको छ ।

दाहालको तयारीः रेणु र गंगा मध्ये एक उत्तराधिकारी
अध्यक्ष दाहाल भने आफ्नो उत्तराधिकारी परिवारबाटै खोजिरहेको आशंका दोस्रो पुस्ताका नेताले गर्न थालेका छन्। दोस्रो र तेस्रो पुस्ताका नेताका बीचमा कहिलेकाहीँ यो विषयमा चर्चा हुने गरेको छ। पारिवारिक छलफलहरूका क्रममा उत्तराधिकारी सिधै तेस्रो पुस्तातिर सोझ्याउन सकिनेसम्म निष्कर्ष समेत निकालिएको स्रोतको दावी छ। हुन त दाहालले भुमिगत भए यता परिवारवादकै कारण वदनाम छन्। छोरा–बुहारी, छोरी–ज्वाइँदेखि भाइहरूको व्यवस्थापनमा उनले खास ध्यान दिने गरेका छन्। उनको परिवार मोह यति छ की श्रीमतीलाई जाँँदाजाँदै पनि राष्ट्रिय सम्मान दिलाए।

जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतजस्ता दोस्रो तहका नेतालाई उत्तराधिकारी बनाउन हुँदैन भन्ने उनको परिवारमा सहमति नै वनेको वताईन्छ। उनीहरुलाई लडाएर नेतृत्व तेस्रो पुस्तामा लैजाने अनि रेनु र गंगा मध्ये एक जनालाई बागडोर सुम्पने उनको तयारी छ।

जनार्दन शर्मा प्रचण्ड वर्षमान पुन उत्तराधिकारी गङ्गा दाहाल

विशेष