News

औषधी खरिदमा भ्रष्टाचारको आशंकापछिसतर्कता केन्द्रले झिकायो डाकनेश्वरीको कागजपत्र (पत्रसहित)

औषधी खरिदमा भ्रष्टाचारको आशंकापछिसतर्कता केन्द्रले झिकायो डाकनेश्वरीको कागजपत्र (पत्रसहित)

सप्तरीको डाकनेश्वरी नगरपालिकाले गत आर्थिक वर्ष औषधी खरिद गर्दा लाखौं रुपैयाँ भ्रष्टाचार गरेको आशंकामा राष्ट्रिय सतर्कता केन्द्रले अनुशन्धान सुरु गरेको छ। 

केन्द्रले नगरपालिकालाई पत्राचार गरी अनुशन्धानका लागि आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी मागेको छ। आर्थिक वर्ष २०७९÷८० मा ४० लाखको औषधी खरीद गरिएकोमा भ्रष्टाचार भएको उजुरी परेपछि अनुशन्धान सुरु गरिएको केन्द्रले जनाएको छ।

केन्द्रले नगरपालिकासँग आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम, लागत अनुमान, लागत अनुमान तयार गर्दा लिइएको आधारको प्रतिलिपी, खरीद ईकाई गठन भए÷नभएको सो को निर्णय र बोलपत्र मूल्याङ्न समिति गठन भए÷नभएको गठन भए सो को प्रतिलीपी माग गरेको छ।

यसैगरी, आव ०७९।८० मा औषधी खरीद गर्दा कुन प्रक्रिया अपनाएको छ । बोलपत्र वा सिलवन्दि दरभाऊ पत्र ? (कोटेशन) कुन माध्यमबाट खरीद गरिएको छ ? सो को सूचना कुन पत्रिकामा प्रकाशित गरियो ? साथै तहाँको वेभसाइटमा उक्त सूचना राखियो वा राखिएन ? राखिएको भए उक्त सूचना अपलोड गरिएको मिति देखिने गरी प्रिन्ट पठाउन पनि केन्द्रले निर्देशन दिएको छ।

यस्तै, बोलपत्र वा सिलवन्दि दरभाऊ पत्र (कोटेशन) फारम विक्रीको किताबको प्रतिलीपी र बोलपत्र वा शिलबन्दि कोटेशन पर्न आयो÷आएन आएको भए दर्ता किताबमा दर्ता भएको फोटोकपी, पर्न आएको बोलपत्र वा कोटेशन प्रतिनीधिको रोहवरमा खोलेको मुचुल्काको प्रतिलीपीका साथै दररेट खोलेको बोलपत्र वा शिलबन्दि दरभाउ पत्र(कोटेशन) को फोटोकपी, बोलपत्र तथा दरभाउपत्र विक्री गर्दा माग गरिएको कागजातहरु मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, फर्म दर्ता प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र र व्यवसाय दर्ता प्रमाण पत्रहरुको प्रतिलिपी समेत माग गरेको जनाईएको छ।

बोलपत्र वा दरभाउ पत्रको मुल्याइन गरिएको तुलनात्मक तालिका र स्वीकृतीको निर्णयको प्रतिलीपी समेत माग गरिएको पत्र नगरपालिकालाई पठाईएको छ।

विशेष