News

बागमती र बबई नदीमा बाढीले खतराको तह पार गर्यो, सुरक्षित स्थानमा सर्न आग्रह

बागमती र बबई नदीमा बाढीले खतराको तह पार गर्यो, सुरक्षित स्थानमा सर्न आग्रह

लगातारको वर्षाका कारण बागमती नदीको बाढीले खतराको तह पार गरेपछि रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनामा बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको हो। बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भईरहेकाले वाढी अझै वढ्ने क्रम जारी छ।

त्यसैले कोखाजोर खोला, मरिन खोला र आसपासका खोलामा आकस्मिक बाढीका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसो १ बजेसम्म उच्च सतर्कताका अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बर्दियाको बबई नदीको चेपाङ बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ। 

थप जानकारी यहाँबाट हेर्नुहोस

विशेष