मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एकै परिवारका ६ जना वेपत्ता

मकवानपुरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
बागमती गाउँपालिका सिक्रेनीमा राति पहिरो जाँदा एकै घरका सात जना पुरिएको र एक जनालाई उद्वार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घरमा सुतिरहेका धारापानी स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ, दुई बच्चासमेत ७ जना वेपत्ता भएकोमा एक जनाको शव भेटिएको वडा अध्यक्ष विजयकुमार व्लोनले वताए। ६ जनाको खोजीकार्य जारी छ ।
राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका सातै जना घरसहित वाग्मती नदीमा बगेका हुन् । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्वारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।
फाईल फोटो।