प्रधानमन्त्रीभन्दा अघि–अघि किन जाँदैछन् उपराष्ट्रपति चीन ?

प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा अघि उपराष्ट्रपति रामसहायप्रसाद यादवले चीनको भ्रमणमा जाने भएका छन्। सातौँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना कुनमिङ इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन यादव चीन जान लागेका हुन् ।
एक्स्पो साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको कुनमिङमा आयोजना हुनेछ । उपराष्ट्रपति यादवको टोली साउन २९ गते चीनतर्फ जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उपराष्ट्रपतिको चीन भ्रमणमा केही मन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुनेछन् । उपराष्ट्रपतिको भदौ ५ गते चीन भ्रमणबाट फर्कने कार्यक्रम छ । उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो ।
उपरराष्ट्रपति फर्केको एक महिनापछि प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानेछन् । प्रधानमन्त्री दाहालले असोज ६ गतेदेखि चीनको भ्रमण सुरु गर्ने कार्यक्रम छ ।