News

संखुवासभा कारागारका दुई कैदीको हत्या, प्रहरी माथि नै आशंका

संखुवासभा कारागारका दुई कैदीको हत्या, प्रहरी माथि नै आशंका

संखुवासभाको जिल्ला कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनामा शंकाको सुई प्रहरीतर्फ सोझिएको छ। कैदीहरु मादी गरपालिका ५ का १९ वर्षीय बिनोद तेलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षिय आकाश बलामीको हत्या भएको आशंका गर्दै यो प्रकरणमा प्रहरीको संलग्नता रहेको दावी गरिएको छ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामीको बुधबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको थियो। संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले गएराति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी प्रशासनलाई बुझाएको दाबी गरेका छन्। 

तर त्यसपछि उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पु¥याइएको उनको भनाइ छ। स्थानीय केही प्रत्यक्षदर्शीका अनुसार ती २ कैदीमाथि बिहान ३ बजेसम्म कुटपिट भएको थियो।

प्रहरीकै अगाडि ती कैदीहरुमाथि ज्यानै जाने गरी हुने कुटपिट भएको आरोप छ। मृतकका परिवार र आफन्तहरुले हत्यामा प्रहरीको संलग्नता रहेको हुन सक्ने आशंका गरेका छन्। उनीहरुले यो घट्नामा उच्चस्तरीय समिति गठनको माग गरेका छन्।

यता, संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले पनि यो घट्नामा उच्चस्तरीय छानबिन समितिको माग गरेका छन्। दुईजना कैदीको हत्या प्रकरण रहस्यमय भएकाले छानबिनका लागि उच्चस्तरीय समिति नै आवश्यक रहेको उनको भनाई छ।

उनले घटना गम्भीर्यतालाई दृष्टिगत गरी गृह मन्त्रालयलाई पनि जानकारी गराइसकेको बताए। प्रहरी प्रशासन माथि नै शंका भएपछि उनीहरुबाटै हुने अनुशन्धानको निस्पक्षतामा प्रश्न उठ्ने भएकाले समितिको आवश्यक्ता भएको उनको आसय थियो।

स्थानीय प्रशासनले भने संखुवासभाका सहायक सीडीओ मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ। 

विशेष