News

सुन तस्करीमा पक्राउ परेका दावाको मोबाइलको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न रवि लामिछानेको माग

सुन तस्करीमा पक्राउ परेका दावाको मोबाइलको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न रवि लामिछानेको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि गम्भिर प्रश्न उठाएका छन् ।

संसदमा वोल्न नपाएपछि उनले संसद वाहिर पत्रकारसँग कुरा गर्दै यस्तो प्रश्न उठाएका हुन। गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पठाएको भनेर उत्तर दिनु पर्ने उनको भनाई छ।

उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको संलग्नता छ कि छैन भन्ने शंकाको विषय भयो ।’ भन्दै टिप्पणी गरे।

‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’– उनको प्रश्न थियो।

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग गरे। 

विशेष