News

मुलुकको सुरक्षाको जिम्मेवारी लिएका गृहमन्त्रीलाई नै धम्की, पद मुक्त गर्न देउवाको दबाब 

मुलुकको सुरक्षाको जिम्मेवारी लिएका गृहमन्त्रीलाई नै धम्की, पद मुक्त गर्न देउवाको दबाब 

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुलाई प्रत्यक्ष र अप्रध्यक्ष रुपमा धम्की आएको खुलासा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित संस्कृति, सद्भाव तथा पर्यटन प्रवर्द्धनार्थ एकदिवसीय ध्यान, ज्ञान, साधना तथा आत्मजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन। 

‘सरकारले सुशासनको अभियान चलाइरहेको छ । यो देखेर धम्की दिन थालिएको छ’ उनले भने–‘तिकडम गर्न खोजिएको छ । तर, हामी कुनै धम्की वा षड्यन्त्रले रोकिँदैनौँ।’

त्यसअघि उनले भने— हामी बिनाविश्राम, बिनाधम्की अगाडि बढ्छौँ । सुशासनबिना देश फेरिँदैन । सुशासन, समृद्धि र सामाजिक न्याय सँगसँगै अघि बढाउनुपर्छ भन्नेमा सरकार दृढ छ ।

उनले धम्की कुन विषयमा र कहाँबाट आयो भन्ने चाहीँ खुलाएनन्। मन्त्री श्रेष्ठले धम्की आएको कुरा गरेपनि सत्ता गठवन्धनबाटै उनलाई हटाउन दबाब परिरहेको स्रोतको दावी छ।

भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाव दिएका थिए।
 

विशेष