प्रचण्डले विराटनगर पुगेर कार्यकर्तालाई ढुङ्गा हान्न उस्काएः भन्छन्–इटको जवाफ पथ्थरले दिनोस

प्रधानमन्त्री पुष्पकमल दाहालले आक्रमण गर्न आउनेहरुलाई ‘इँटको जवाफ पथ्थरले दिन’ समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन्।
मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा दाहालले उत्ताउलो र भड्किलो भाषण गरे। उनले निरंकुशताका दलालहरुले नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि खुकुरी हानेको भन्दै त्यस्तालाई जवाफ दिन उक्साए।
गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु मुल पार्टी हुने विडम्बना देखिएको गुनासो गरेका उनले भने–‘जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको र सामाजिक सञ्चालमा उपद्रो गर्नेहरु चाहिँ राजनीतिज्ञ जस्तो देखियो।’
‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु। जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’ उनले भने। उनीहरुमध्येकै एकले नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैप¥यो ।’
प्रधानमन्त्री दाहालको अभिब्यक्तिकै कारण केही दिनअघि धरानमा झण्ै हिन्दु र क्रिश्चियनहरुको झडपको अवस्था आएको थियो। दाहालले आफनो पार्टीलाई वहुमत दिए जातिय राज्य दिने भन्दै भाषण गरेका थिए।
उनको भाषणपछि मन्दिरको अगाडि चर्च वनाउनेदेखि, गाई÷गोरु काटेर सामुहिक भोज गर्नेसम्मका कृयाकलाप भएपछि हिन्दु धर्मावलम्वीहरु आक्रोशित भएका थिए। तर, यस विषयमा अहिलेसम्म पनि कुनै प्रतिक्रिया जनाएका छैनन्।
बरु विराटनगर पुगेर जनतालाई आपसमा लडाउने र भिडाउने अभिब्यक्ति दिएर फर्किएका छन्।