News

चिनियाँ राजदूतलाई तेस्रो मुलुक बारे टिप्पणी नगर्न परराष्ट्र मन्त्रालयको निर्देशन

चिनियाँ राजदूतलाई तेस्रो मुलुक बारे टिप्पणी नगर्न परराष्ट्र मन्त्रालयको निर्देशन

भारत विरुद्ध नकारात्मक टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सङलाई सिंहदरवारमा बोलाएको छ । मन्त्रालायले राजदुतलाई विशेष गरेर दुई वटा विषयमा कडा निर्देशन दिएको स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार चीनले हालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालमा देखाउन र तेस्रो मुलुकसँगको नेपालको सम्बन्धबारे कुनै टिप्पणी नगर्न निर्देशन दिईएको छ।

राजदूतले केही दिनअघि नेपाल र भारतको सम्वन्धलाई मुछेर विवादास्पद अभिब्यक्ति दिएपछि मन्त्रालयले यो कदम उठाएको हो। त्यसवेला उनले भारतलाई नेपालको ‘दुर्भाग्य’ भनेका थिए। राजदूतको भनाइले नेपालमा व्यापक आक्रोश र विरोध भएको थियो।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न राजदूतलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

चिनियाँ राजदूत सङले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताए । उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने पनि बताएका थिए ।

सङको भनाइको नेपालमा चौतर्फी आलोचना भईरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छन। त्यसै सन्दर्भमा आज मन्त्रालयले उनलाई बोलाएको जनाईएको छ।

यसअघि कुनै पनि राजदुतलाई मन्त्रालयमा बोलाएर निर्देशन दिने खासै प्रचलन छैन। भएपछि सार्वजनिक चासो र सरोकारको विषय वन्ने गरेको छैन। तर, यो निर्देशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

विशेष