News

चिनियाँ राजदूतलाई फिर्ता गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्न माग गर्दै अभियानको प्रदर्शन

चिनियाँ राजदूतलाई फिर्ता गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्न माग गर्दै अभियानको प्रदर्शन

चिनियाँ राजदूतलाई फिर्ता गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले सोमवार काठमाण्डौमा प्रदर्शन गरेको छ।

चीनियाँ राजदुत चेन सङले कुटनीतिक मर्यादा बिपरित अभिव्यक्ति दिएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा ‘आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बन्द गर, ऋणजान चाहिदैन, देश डुबाउन पाइदैन, चिनियाँ विस्तारवाद मुर्दावाद’ लगायतका नारा लगाईएको थियो।

बबर महलदेखि सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो। कोणसभालाई वरिष्ठ नेता वीपी यादवले सम्बोधन गरे। उनले चीनले तिब्बत र ताइवान जस्तै नेपाललाई पनि ऋणजालमा फसाई उपनिवेश बनाउन खोजेको आरोप लगाए।

नेपाल स्थित चिनियाँ राजदूतले नेपाल–चीन सम्बन्ध भन्दा पनि नेपाललाई ऋणजालमा कसरी फसाउने भन्नेतर्फ सकृयता देखाएको उनको आरोप छ। पोखरा एयरपोर्टलाई विआरआईको हिस्सा वताउने र कहिले राष्ट्रिय महत्वको नेपाल–भारत बिद्युत व्यापारलाई देखाएर नकारात्मक टिप्पणी गर्ने राजदुतको शैली घोर आपत्तिजनक रहेको यादवले वताए।

प्रदर्शनमा अभियानका महासचिव डा. प्रभात कुशवाहा, महिला संयोजक श्रीमती रीता साह, मधेश सम्पर्क समिति काठमाण्ड़ौका संयोजक बिनोद सिंह, सलाहकार जय नारायण यादव, अभियानी सूजन यादव, अभियानका युवा नेता धीरज गिरी, अभियानी गणेश कुमार सिंह, चन्द्र मोहन सिंह विधार्थी परिषदका महासचिव पप्पू यादव लगायतको उपस्थिती थियो।
 

विशेष