संविधानसभाका अध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधन
संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लाने क्रममा बाटैमा उनको निधन भएको हो।
उलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए ।
उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । २०७१ सालमा भएको एमाले नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए भने ०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष भएका थिए ।