डीएसपीका परिवारलाई खोजी खोजी मार्ने धम्की दिएका सांसद हाङ्गामलाई जोगाउन सहमति गराईदै
नेपाल प्रहरीका डीएसपीका शाखा सन्तानलाई नै मार्ने धम्की दिएका ताप्लेजुङबाट निर्वाचित प्रदेश सांसद खगेनसिंह हाङ्गामलाई सर्लक्कै जोगाउने प्रयत्न सुरु भएको छ।
समस्या समाधानका लागि कोशी प्रदेशसभाका कांग्रेस सांसद हाङ्गाम र डीएसपी राजन लिम्बूबीच सहमति गराउन छलफल सुरु गरिएको जनाईएको छ। आइतबार बेलुका अबेरसम्म भएको छलफल सकारात्मक दिशामा अघि बढेको र सोमबार दिउँसो फेरि छलफल गरेर टुंगोमा पुग्ने सहभागीले बताएका छन् ।
सोमबार दिउँसोको छलफलबाट विवाद समाधान हुने दाबी छलफलमा सहभागी मध्येका एक प्रतिनिधिसभाका सांसद लिलादेवी वोखिमले बताइन् । दुवै पक्षले आफ्नो कमजोरीप्रति आत्मालोचना गर्ने विषयमा छलफल भएको जनाइएको छ । प्रहरीले आफ्नो पक्षबाट कमजोरी गर्नेलाई कारबाही गर्ने जनाएको छ ।
यो छलफलसँगै प्रहरीका परिवारलाई खोजी खोजी मार्ने धम्की दिएका हाङ्गामले उन्मुक्ति पाउने भएका छन्। यस विषयमा स्थानीयले नै आपत्ति जनाएका छन्। ‘हाङ्गामको सट्टामा अरु कोहीले त्यसरी धम्की दिएको भए यसैगरी मिलापत्र गराइन्थ्यो ?’ भन्दै उनीहरुले गलत जस्को भएपनि छानविन गरेर कारवाही गर्नुपर्ने उनीहरुको माग छ।
दुई दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ठुलाबडालाई कानुन लाग्दैन भन्ने बुझाई आफनो सरकारले बदलेको’ दावी गरेका थिए। तर, यसरी खुलेआम कानुनी राज्यको धज्जी उडाउँदा समेत दाहाल एक शब्द पनि बोलेका छैनन्। वरु सरकारकै निकाय मिलेर मिलापत्र गराउने र दुवैपक्षलाई छुट्कारा दिने अभियानमा लागेको स्थानीयको आरोप छ।
डीएसपीका परिवार