शौचालयमा वेहोस भेटिएका थिए सुवास नेम्वाङ
हर्टएट्याक भएर राती निधन भएका संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेको खुलेको छ।
त्यसपछि हतार हतार अस्पताल लाने क्रममा बाटोमै उनको निधन भएको थियो।
परिवारिक स्रोतका अनुसार नेम्वाङ बालुवाटारस्थित निवासको शौचालयमा राति १ बजेतिर बेहोस् अवस्थामा भेटिएका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेर मृत घोषणा गरेका थिए ।