एमाले अध्यक्ष ओलीले समय मिलाएर पनि नेम्वाङसँग भेट्न पाएनन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुभाष नेम्वाङसँग आफुले भेट गर्ने समय मिलाएको तर भेट्नै नपाई सधैंका लागि विदा गर्नु परेको बताएका छन्।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष एवम प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा सोमवार राती असामयिक निधन भएपछि ओलीले फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन।
ओलीका अनुसार नेम्वाङ मंगलबार बिहान भेट्न आउने कुरा भएको थियो। तर, उनी त आएनन् नै उल्टै ओली चाहीँ नेम्वाङको मृत शरिर हेर्न अस्पताल पुग्नु परेको थियो।
यही कुरा ओलीले आफनो फेसबुक पेजमा लेखेका छन्। ‘अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो’ उनले लेखेका छन्–‘मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन !’