नेम्वाङको विदाईमा भावुक वनिन् भण्डारी, पार्टी कार्यालयमा पुगदेखि नै रोईरहहिन
संविधानसभा अध्यक्ष एवम पुर्वसभामुख सुवास नेम्वाङलाई विदाई गर्दा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भावुक वनेकी छिन्।
सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय, च्यासल पुगेकी उनी भावुक भएर प्रश्तुत भएकी थिईन।
त्यहाँ पुगेपछि पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भइन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् । उनलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहेकी थिइन् ।
उनले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डासमेत ओढाएकी छन् । पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो।
सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि त्यहाँ पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।