सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएर रिपोर्ट बुझाउँदै

सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएर रिपोर्ट बुझाउँदै

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुशन्धान फाईल आज सरकारी वकिलको कार्यालयमा वुझाउँदैछ।

प्रहरीले आफनो प्रतिवेदनमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका छन् ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् ।

रोल्पाको थबाङकी रोकाको ‘कनेक्सन’ जोडिएको छ। जसका कारण रोल्पाबाट राष्ट्रिय राजनीतिमा उदाएका माओवादी नेताहरू समेत शंकाको घेरामा तानिएका छन् । यस प्रकरणमा थबाङ, माओवादीको सशस्त्र संघर्ष, शहीद परिवार सबैको नाम अघि आएको छ । 

उनी सशस्त्र द्वन्द्वकी ‘शहीदपत्नी’ भनिएकी छिन् । उनका पति हुन्, तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङ । ठमेलस्थित होटल भियानामा छापा मार्दै राजस्व अनुसन्धान विभागको टोलीले दावालाई पक्राउ गरेको थियो ।

अमला र उनका श्रीमान् दावाका कारण रोल्पाली माओवादी नेताहरू यतिखेर हैरानी खेपिरहेका छन् । उनै अमलाका माध्यमबाट दावा निवर्तमान उप–राष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, नेकपा (माओवादी–केन्द्र)का उप–महासचिव वर्षमान पुन ‘अनन्त’सम्म पुगेको फोटो सार्वजनिक भएको छ । फोटो मात्र सार्वजनिक भएको छैन, अनुसन्धानको सुईले नेताद्वय पुन र उनीहरूको परिवारलाई पनि घोचिरहेको छ ।

आफूले टीका लगाइदिएको दाइ एक क्विन्टल सुन काण्डमा पक्राउ परेपछि निवर्तमान उप–राष्ट्रपति परिवारसँग समेत सम्बन्धका विषयमा प्रश्न उब्जेको छ । 
 

संम्बधित खबर

विशेष