News

धरानमा दुई समुहबीच खकुरी हानाहान, उपमेयर बेघाका भाई सहित ८ जना पक्राउ

धरानमा दुई समुहबीच खकुरी हानाहान, उपमेयर बेघाका भाई सहित ८ जना पक्राउ

धरान उमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा मंगलबार साँझ भएको ग्याङ्फाइटमा संलग्न ८ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपमेयर बेघाका भाई विष्णुसमेत छन्।

मंगलवार दुई समुहका युवाहरु वीच ग्याङ्फाइट हँुदा खुकुरी हानाहान भएको थियो। सो क्रममा स्थानीय संदेश राई गंभीर घाइते भएका छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।

खुकुरी प्रहारबाट राईको ढाड र हातमा गहिरो चोट लागेको छ । त्यसैगरी उपमेयर बेघाका भाई बिष्णुको अनुहार र टाउकोमा सामान्य चोट छ । 

प्रहरीले घट्नामा संलग्न दुवै तर्फका युवाहरुलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धरान डिएसपी नवराज मल्लका अनुसार विष्णु वेघासहित ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खुकुरी प्रहरी गर्ने विष्णुसहित बाघवीर भनेर चिनिने सुरज तामाङ र मेनल तामाङ, उपमेयरको घरमा गएर ढुङ्गामुढा गर्ने संजीव राई, राजकुमार लिम्वू, सागर भन्ने दिपेन्द्र राई, अमृत तामाङ र अनिल राई छन्।

घट्नामा अन्य युवाहरुको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। डीएसपी मल्लका अनुसार दुई समुहवीच पुरानो रिसईवीका कारण सोमवार झगडा भएको थियो। मंगलबार शुरुमा बिष्णु बेघाको समुहले आक्रमण गरेको त्यसपछि अर्को समुहले लखेट्दै गएर उपमेयर बेघाको घरसम्म ढुंगामुढा गरेको जनाईएको छ।

उपमेयर बेघाले आफ्नो घरमा आक्रमण भएको र समयमै प्रहरीलाई खबर गरेपनि ढिला गरि आएको भन्दै धरानका डिएसपीलाई फोन गर्दै फेसबुक लाइभ गरेका थिए। 

विशेष