News अपराध सुरक्षा

नेपाली युवतीको हत्या गरेको आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट जर्नेल पक्राउ

नेपाली युवतीको हत्या गरेको आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट जर्नेल पक्राउ

तनहुँको भानु नगरपालिका–६ भई सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने ३० वर्षीया श्रेया शर्मा (सुमित्रा घर्ती) को हत्या अभियोगमा भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्याय पक्राउ परेका छन्।

उपाध्यायलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरी मंगलबार अदालतमा हाजिर गराएको छ। अदालतले लेफ्टिनेन्ट कर्णेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ।

समाचारअनुसार आइतबार बिहानै देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रमा युवतीको शव फेला परेको थियो। सिलवारगढको किनानरको नालामा शव भेटिएको प्रहरीले जनाएको छ। 

छानबिनका क्रममा प्रहरीले पण्डितवाडी निवासी लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई गिरफ्तार गरेको थियो। उनले श्रेयाको हत्या आफूले गरेको साविती बयान दिएका छन्। विवाहका लागि दबाब दिएपछि श्रेयाको हत्या गरेको उनको भनाई छ।

विवाहित उपाध्यायका डेढ वर्षका छोरा छन्। उनीहरु दुवैजनाबीच करिब २ वर्षदेखि सम्बन्ध रहेको खुलेको छ। लेफ्टिनेन्ट कर्णेल उपाध्यायको पोस्टिङ उत्तराखण्डको देहरादुनमा थियो। समाचार अनुसार श्रेया शर्मा र कर्णेलबीच पश्चिम बंगालको सिलिगुडीको एक डान्सबारमा भेट भएको थियो। 

त्यसै बेलादेखि कर्णेल डान्सबारमा आउनेजाने गरेपछि उनीहरु बीच प्रेम सम्वन्ध सुरु भएको थियो। सिलगुडीबाट उपाध्यायको सरुवा देहरादुन भयो। शर्मालाई पनि उनले सिलगुडीबाट त्यहीँ लगेर गएका थिए। 

सिलगुडीबाट देहरादुन लगेर श्रेयालाई उनले सुरुमा होटल र पछि कोठा भाडा लिएर राखेका थिए। युवतीले विहेका लागि दबाब दिएपछि उनले हत्याको योजना बननाएको खुलेको छ। श्रेयाको हत्याकै लागि शनिबार राति उपाध्यायले उनलाई मदिरा पिलाएका थिए। त्यही क्रममा उनले श्रेयालाई लङ ड्राइभमा जाने भन्दै थाना मार्गतिर लगेका थिए। मदिराले मातेपछि कर्णेल उपाध्यायले गाडी जंगलक्षेत्रमा पु¥याएर उनको शिर र निधारमा हथौडाले प्रहार गरेको वताएका छन्।

हथौडाले पटक पटक हानेपछि श्रेयाको मृत्यु भएको उनको भनाई छ। मृतकका परिवारजनसँग प्रहरीको सम्पर्क हुन सकेको थिएन। सम्पर्क नभएपछि श्रेयाको शव बुधबार पोस्टमार्टम गरिएको छ। 

विशेष