News

सुवास नेम्वाङको शव यात्रा सुरु भयो, आज शोक विदा

सुवास नेम्वाङको शव यात्रा सुरु भयो, आज शोक विदा

सोमबार राति हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

उनको अन्त्यष्टिअघि अहिले शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो ।  बालुवाटारमै सेनाले सलामी दिएको छ ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

उनको पार्थिक शरीर दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको थियो। बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो । त्यहीबाट आज शव यात्रा सुरु भएको हो।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ । 
 

विशेष