News

हेटौडाका २ जना डाक्टरलाई कुटपिट गरेको आरोपमा आमाछोरी पक्राउ

हेटौडाका २ जना डाक्टरलाई कुटपिट गरेको आरोपमा आमाछोरी पक्राउ

मकवानपुर प्रहरीले डाक्टरमाथि कुटपिट गरेको आरोपमा बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गर्ने मध्यका दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान छन्। उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालका अनुसार चिकित्सकहरुले जाहेरी दिएका छैनन्। घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो । सञ्चो अस्पतालमा उनको डेङ्गु परीक्षण गर्दा रिजल्ट पोजेटिभ देखिएको थियो ।

सञ्चो अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधानलाई घर पठाइएको थियो । तर केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 

विशेष