News अपराध सुरक्षा स्वास्थ्य

एसपीकै अगाडि मुद्दा गर्नेलाई काट्छौं भनेपछि हेटौडामा कुटाई खाने डाक्टरले उजुरी नै गरेनन्

एसपीकै अगाडि मुद्दा गर्नेलाई काट्छौं भनेपछि हेटौडामा कुटाई खाने डाक्टरले उजुरी नै गरेनन्

गत साउन २५ गते हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। तर, त्यही रिसमा घट्नाको एक महिनापछि हेटौंडा उपमहानगरपालिका–२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकले कुटाई खाए।

बुधबार बिहान १० बजेतिर भएको कुटपिटको उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाईरल छ। भिडिओमा एक हुल मानिसहरू आएर दुई चिकित्सकमाथि अन्धाधुन्ध प्रहार गरेको देखिन्छ। जानकारी अनुसार कुटपिटमा मृतकी श्रीमती रमा प्रधान र छोरी रमिता प्रधान तथा उनीहरुले ल्याएका युवाहरु संलग्न छन्।

कुटाई खाने डाक्टरहर विकास थापा र प्रशान्त विडारी हुन। डा. थापाको मुखको हड्डी भाँच्चिएको छ भने अर्का डाक्टर विडारीको अनुहारमा चोट लागेको छ। तर, उनीहरुले अहिलेसम्म पनि प्रहरीमा उजुरी दिएका छैनन्।

विडारीका अनुसार गत साउन २२ गते दिउँसोतिर बिरामी आएका थिए। डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो। आइसियूमा राखेर उपचार गर्नुपर्छ भन्दा परिवारले मानेन। वार्डमै राखेर उपचार गर्ने कुरा भयो। पछि एचडियूमा राख्न तयार भए।

बिरामीको अवस्था थप जटिल भयो। अस्पतालले २३ गते बिहानै चितवन मेडिकल कलेज रिफर ग¥यो। त्यहाँ तीन दिन उपचार भएपछि बिरामीको साउन २५ गते बेलुका मृत्यु भयो। बिरामीको मृत्यु भएको भोलिपल्ट परिवार र आफन्त अए। बिरामीको मृत्युको कारणहरूबारे बताएपछि उनीहरु गए।

अहिले सोही घट्नालाई लिएर आक्रमण भयो। त्यसपछि प्रहरी पुग्यो। प्रहरीले डाक्टरलाई अस्पताल लानुपर्नेमा कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लग्यो

एसपीको अगाडि कुरा भयो। त्यहाँ पनि उनीहरूले एसपीकै अगाडि ‘जो–जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं’ भन्दै धम्क्याए। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट उनीहरुले गरेका छैनन्। ‘कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैन समेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं।’ उनले भने।

विशेष