News खेल

बालेन्द्र र पारस खड्काले ५० जना क्रिकेट प्रशिक्षक उत्पादन गर्न सहकार्य गर्ने

बालेन्द्र र पारस खड्काले ५० जना क्रिकेट प्रशिक्षक उत्पादन गर्न सहकार्य गर्ने

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र  बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच ५० जना क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने सम्झौता भएको छ ।

सम्झौता अनुसार काठमाडौं उपत्यकाका ५० वटा विद्यालय स्तरका प्रशिक्षकलाई आईसीसी लेबल ० प्रशिक्षक तालिम दिइने छ । यो तालिमको आयोजना बागमती प्रदेश क्रिकेट संघले गर्ने छ भने आवश्यक आर्थिक सहयोग महानगरले दिने छ ।

आफूहरुले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव भएकाले यो सहयोग गर्न लागेको मेयर साहले वताएका छन्।

बाग्मती प्रदेशभित्र आईसीसी लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपात कम रहेकाले आफूहरुले लेबल ० प्रशिक्षक उत्पादन गर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेन्द्रले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए।
 

विशेष