माधव नेपालले जारी गरेको अपानीमा झलनाथ असन्तुष्टीः करिब-करिब कोत पर्वजस्तै छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अपानी (अन्तरपार्टी निर्देशन) सम्मानित नेता झलनाथ खनालले ‘कोत पर्व’को संज्ञा दिएका छन्।
अपानी जारी गर्नु पुर्व आफुलाई जानकारी नै नभएको खनालले वताए। ‘अन्तरपार्टी निर्देशनबारे मलाई हिजो मात्रै थाहा भयो। कसले जारी ग¥यो, कहाँबाट जारी भयो, कसरी र कुन प्रक्रियाद्वारा जारी गरियो मलाई केही पनि थाहा छैन’ उनले भने–‘मजत्तिको नेतालाई पनि थाहा नदिई अपानि जारी हुनु भनेको मेरा लागि आठौं आश्चर्य हो।’
पार्टी जीवनमा अपानिको विशेष महत्व हुने, त्यसले पार्टीलाई जीवन्त, क्रियाशील राख्ने र निर्णयहरूको सञ्चार गर्ने भन्दै हिजो जारी गरिएको अपानिलाई कमिटीगतभन्दा पनि आफूखुसी जारी गरिएको रूपमा बुझ्नुपर्ने खनालको भनाई छ।
केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका कुनै पनि निर्णयले नचिन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको भन्दै उनले भने– ‘अपानि संस्थागत रूपमा जारी गरिनुपर्छ। हिजो जारी गरिएको अपानि त करिबकरिब कोत पर्वजस्तै छ। त्यसकारण युवा र पार्टीका इमान्दार नेता, कार्यकर्तामा व्यापक असन्तुष्टि सिर्जना गरेको छ, विद्रोहको भाव पैदा गरेको छ।’