News खेल

विश्व वरीयताको नम्बर १ पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एशिया कपको फाईनलमा 

विश्व वरीयताको नम्बर १ पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एशिया कपको फाईनलमा 

विश्व वरीयताको नम्बर १ रहेको पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका एशिया कपको फाईनलमा प्रवेश गरेको छ। सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो।

श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा जित हात पारेको हो । पाकिस्तानको भने एसिया कप यात्रा समाप्त गरेर घर फर्केको छ। अव श्रीलंकाको भेट भारतसँग हुनेछ। भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । 

कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।

पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । यसैगरी अब्दुल्लाह शफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए ।

श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्क्षना र दुनीथ वेलालगेले १–१ विकेट लिए ।
 

एशिया कप

विशेष